logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निजि अस्पतालको हर्कत प्रती पुर्व राजाको आक्रोश


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले देखाएको रवैयाको चर्को आलोचना गरेका छन् ।

कोरोना भाइरसका कारणका कारण देशनै प्रभावित भएको बेला संक्रमणको आशंकामा जचाउन पुग्ने नागरिकलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै शाहले आलोचना गरेका हुन् ।

बिहीबार एक ट्वीटमार्फत शाहले भनेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ

केही निजी अस्पतालले कोरोनाको आशंकामा परीक्षणमा पुगेका विरामीको जाँच नगरेको गुनासो आइरहेको बेला पूर्वराजाले यस्तो बताएका हुन् ।

शाहले यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्नेमा जोड दिएका छन् । केहिदिन यता राजधानी का ग्रान्डी अल्का अस्पताल तथा आज नेशनल अस्पताल ले काेराेना शंका लागेका बिरामीको उपचार नगर्ने गरेको खबर हरु बाहिर आएका थिए ।

हेर्नुस् ट्विट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार