logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एटीएमबाट सर्नसक्छ काेराेना ?


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

बैंक तथा वित्तीय संस्थाले यतिबेला बैंकको काउन्टरमा नआइ गरिने कारोबारलाई विशेष प्राथमिकता दिएका छन् ।

नेपाल राष्ट्र बैंकले सर्कुलर नै जारी गरेर बैंक तथा वित्तीय संस्थालाई विद्युतीय कारोबार गर्न भनेको छ । एटीएम मेसिनमा पर्याप्त रकम राख्ने र निगरानी पनि बढाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । अहिले बैंकहरुले पनि सोही अनुरुपको सेवा प्रदानमा जोड दिइरहेका छन् ।

तर एटीएम कोरोना भाइरसको लागि कतिको सुरक्षित छ यसबारे हामीले जानकारी दिन खोजेका छौ । टेकुस्थित शुक्रराज टर्पिकल तथा सरुवा रोग हस्पिटलका डाक्टर अनुप बाँस्तोला एटीएम मेसिन धेरैले प्रयोग गर्ने भएकाले पर्याप्त सुरक्षा नअपनाउनु पर्ने बताउँछन् ।

बाँस्तोलाले एटीएममा जोखिम हुने भएकाले प्रयोगकर्ताहरुलाई स्यानिटाइजर, मास्क र पन्जाको अनिवार्य प्रयोग गर्न सुझाव दिए ।

‘एटीएम मेसिन छिर्ने ढोका सबैले समाउने हँुदा त्यसमा किटाणु बस्न सक्छ, त्यसको बाहिर हात धुने व्यवस्था गर्नुपर्ने हुन्छ’, बास्तोलाको भनाइ छ । उनकाअनुसार कुनै—कुनै प्लास्टिकको मेसिनमा ७–८ घण्टासम्म जिवाणु रहन सक्छ । अरु मेसिनमा कति रहन्छ एकिन भन्न सकिने अवस्था रहँदैन । कोरोना भाइरसका बारेमा एकिन भन्न कसैले पनि अहिले सकेको छैन ।

बैंकको काउन्टर छिर्ने वित्तिकै स्यानिटाइजर दिने सुरक्षा गार्ड एटिएममा छिर्ने ग्राहकलाई भने वेवास्ता गर्छन् । यसबारे सम्बन्धित पक्षको ध्यान नदिएको जस्तो देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार