logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

ब्रेकिङ्ग.. काेराेनाका कारण ज्यान गुमाउने नेपाली ४ पुगे


  • राजनीति
  • शनिबार, चैत्र १५ २०७६

बिश्वभरी महामारीको रुपमा फैलिएको काेभिड १९ अर्थात काेराेना भाइरसबाट विश्व नै त्रासमा छ। काेराेना करिव १९७ देशमा फैलिएको छ भने करिव ५ लाख ६६ हजार भन्दा बढी मान्छे संक्रमित भएका छन् ।

बिश्वभर काेराेनाका कारण १५ हजार बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । चिनकाे वहान बाट सुरुभएकाे भनिएकाे याे भाइरसबाट अहिले सबैभन्दा बढी युरोपमा देखिएकाे छ । युराेपका इटाली र स्पेनमा दैनिक ७/८ सयकाे हाराहारीमा मानवीय क्षति भइरहेकाे छ ।
अहिले नेपालमा पनि काेराेना भाइरस देखापरेकाे छ । खासगरी बिदेशबाट आउने मानिसमा काेराेनाकाे जाेखिम बढी देखिएकाे छ र हालसम्म ४ जना संक्रमित भएकाे र एकजना उपचारपछि घर फर्किएकाे ३ जना उपचारको क्रममा छन् ।

नेपाल मा मात्रै हाेइन बिदेशमा रहेका नेपाली हरु उच्च जाेखिममा छन्  । नेपालमा काेराेनाकाे कारण हालसम्म ज्यान नगएपनि बिदेशमा रहेका ४ जना नेपाली ले काेराेनाकाे कारण ज्यान गुमाइ सकेका छन् ।

लीला बहादुर राई

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृ’त्यु भएको पुष्टि भएको छ ।

६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृ’त्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।

उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी जयलक्ष्मी राईलेे  बताइन् ।

लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृ’त घोषणा गरेका थिए ।

मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

रमेश सम्बाहाम्फे

कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेभिड १९ अर्थात काेराेना भाइरसका कारण दाेस्रेा पटक एक नेपाली काे ज्यान गएको छ । अमेरिकामा बस्दै आएका रमेश सम्बाहाम्फेको कोरोनाको कारणले मृत्यु भएको बताइएकाे छ ।

रमेशका आफन्त इन्द्र लावतीले आफ्नाे फेसबुक मार्फत उक्त घटना बारे स्टाटस राख्दै ‘भगवान भरोसा अमेरिकामा बस्नुहुने प्यारो ज्वाइँ रमेश सम्बाहाम्फेको कोरोनाको कारणले मृत्यु भएको खबरले अत्यन्तै दुखी र भावुक भएको छु ज्वाइको मृत आत्माले शान्ती पाओस ‘! लेखेका छन ।
घटनाकाे पुर्ण विवरण आउन बाकी छ ।

अनिल सुब्बा

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो ।

प्रसान्त अर्याल 

बेलायतमा कोरोना संक्रमणका कारण दुई नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।भुतपुर्व गाेर्खा सैनिक लीला बहादुर राइकाे मृत्यु भएको केही दिन नबित्दै  बेलायतकाे लन्डनमा मा रहेका ४० बर्षीय प्रसान्त अर्याल कोरोना भाईरस कारण  निधन भएको पुष्टी भएको छ।

चितवन घर भई झण्डै दुई दशकदेखि लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको हो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
अर्यालको पारिवारिक स्रोतका अनुसार उनलाई हाइब्लड प्रेसरबाहेक अरु कुनै रोग थिएन । केही दिनदेखि सामान्य ज्वरो र खोकी लागेपछि निबार अस्पताल लगिएको थियो । स्थानीय एलिजावेथ अस्पतालमा उपचारकै क्रममा उनको सोमबार नै मृत्यु भएपनि परिवारलाई आज मात्रै जानकारी गराइएको थियो ।

उनका श्रीमती ११ वर्षकी एक छोरी र ९ वर्षीय एक छोरा रहेका छन् । कोरोना संक्रमणका कारण बेलायतमा पनि लकडाउन छ । कोरोना संक्रमणको जोखिम हुने भएकाले अस्पतालले प्रशान्तको मृत्युअघिको क्षण परिवारका सदस्यलाई लाइभ भिडियो देखाएको थियो । उनका श्रीमती र छोराछोरीले मृत्युअघिको क्षण लाइभ भिडियोमा हेरेका थिए । मृतकको परिवारका अन्य सदस्यमा भने अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

तर यसबारे सरकारले अहिलसम्म आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न सकेकाे छैन। बिदेश मा रहेका नेपालीहरु कतिजनालाई काेराेना संक्रमण भयाे कति उपचारपछि फर्किए र कतिकाे ज्यान गयाे भन्ने कुरा न सराेकारवाला निकाय न त परराष्ट्र मन्त्रालय न त सरकारले नै बाेलेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार