logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

औषधी लिएर चिनबाट विमान आज आउदै


  • राजनीति
  • शनिबार, चैत्र १५ २०७६

काेराेनाकाे औषधी लियर चिनबाट आज विशेष विमान आउने भएको छ। परराष्ट्र मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिबार आइपुग्ने जनाएको छ।

ती सामग्री आज आइपुग्ने गरी चीनबाट पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबाट हवाइजहाज पठाउने तयारी गरिएको बताए।

मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो। माग अनुसारका सामग्री आउनेमा सरकार विश्वस्त छ। पठाएको सूची अनुसारका सामग्री कहिले आइपुग्ने र वितरण गर्ने भन्ने पर्खाइमा स्वास्थ्य मन्त्रालय रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार