राजनीति
बिश्वब्यापी महामारीको रुप लिइरहेकाे काेराेना भाइरस नेपालमा पनि संक्रमण देखा परेकाे छ । बिश्वका १९९ देशमा काेराेना संक्रमण फैलिएको छ ।
नेपालमा काेराेना बिरुद्ध नियन्त्रण का लागि लक डाउन घाेषणा गरिएकाे छ । देश पुरै ठप्प छ तर काेराेनाकाे उपचार का लागि आवस्यक मेडिकल उपकरणहरु नहुदा उपचार प्रभावकारी नभएको र स्वयम चिकित्सक हरुकाे ज्यान जाेखिममा देखिन्छ ।
यसक्रममा स्वास्थ्य मन्त्रालय र मन्त्रीले चिनबाट केही आवस्यक सामाग्री किनेकाे प्रति चिनमा व्यवसाय गर्दै आएका एक ब्यापारी तथा एन आर एनका केन्द्रिय सदस्य नबिन बिकले आक्राेस पाेखेका छन् । उनले बतर्मान स्वास्थ्य मन्त्री र मन्त्रालयकाे जनताको स्वास्थ्य माथी खेलवाड गरेको बताएकाछन । उनले इतिहासमा कहिल्यै नभएको अक्षम्य त्रुटि गरेकोभन्दै सामाजिक संजाल फेसबुकमा मन्त्रीको नाममा पत्र लेखेकाछ्न । मन्त्रीको चर्काे आलोचना गर्दै केही आवस्यक सामान आफुले सुपथ मुल्यमा सरकारले किनेको भन्दा आधा सस्तोमा दिने घाेषणा समेत गरेका छन् ।
यस्ताे छ उनकाे मूल्य शुचि
हेर्नुस पत्र
माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकालज्यु,ब्यापारी
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल
म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,
देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड? गाउनमा मात्रै ११ करोड? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु?
नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु।मेरो सम्पर्क नम्बर +86 18620758858 व्हाट्सअप, विच्याट
Email: Fivestargrouplimited@hotmail.com
कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नहर्नुहोला ।
