राजनीति
बिश्वब्यापी महामारी र आतंक बनेको कोभिड -१९ सम्बन्धि चिकित्सा शिक्षा संघर्ष समितिका चर्चित नेतृ मान्यता थापाले आधारभुत रुपमा केहि जानकारी प्रस्तुत गरेकी छन । आफ्नो युट्युव च्यानल मार्फत उनले जनस्तरमा उपयोगी हुने केहि जानकारी सुझाएकी छन ।
चीनको हुपेई प्रान्तको वुहान सहरबाट गएको डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाभाइरसको महामारीले विश्वभर हजारौंको ज्यान लिइसकेको छ भने लाखौं मानिहरू संक्रमित बनेका छन्।
नेपालमा पनि केही संख्यामा कोरोनाभाइरसका संक्रमित देखिए पनि उनीहरू प्राय: सञ्चो भएका छन् । तर सबैलाई सञ्चो हुन्छ भन्ने कुनै निश्चय छैन्। नेपालमै रहेका भन्दा बिदेशबाट आएका नेपालीहरूले संक्रमण ल्याएको भेटिएको छ।
पछिल्लो समय खुला सीमाना भएको भारतबाट कयौं नेपालीहरू आइरहेका छन्। भारतमा पनि यसको संक्रमण देखिइसकेको अवस्थामा सीमा पारीबाट नेपाल आएकाहरू क्वारेन्टिनमा बस्न नमान्ने र भाग्ने गरेका छन्। कोरोना लाग्नु वा लागेको आशंकामा क्वारेन्टिनमा बस्नुलाई गलत तरिकाले हेर्ने गरिएको छ।
क्वारेन्टिन एउटा रोग नियन्त्रणको सामान्य प्रक्रिया हो भन्ने नबुझेकै कारण मानिसहरू यसो गरिरहेका छन्।
कोरोनाभाइरस के हो त? सामाजिक अभियन्ता तथा चितवन मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययनरत मान्यता थापाले यस विषयमा जानकारीमूलक सामाग्री तयार पारेकी छन्।