logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

टेकुमा उपचारत दुइजनाकाे दाेस्राे रिपोर्ट पनि पाेजेटिभ


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा कात्तिक १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले दिएको जानकारी अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार