logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ज्वरोले अस्पताल भर्ना भएकी युवतीको मृ’त्यु, कोरोना परिक्षण गरिदै


  • राजनीति
  • शुक्रबार, चैत्र २१ २०७६

चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृ’त्यु भएको छ ।

हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिएकाछन ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।

मृ’तक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार