logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नयाँ छैनन् , कस्तो छ काेराेना संक्रमित ८ काे अवस्था ?


  • राजनीति
  • मंगलबार, चैत्र २५ २०७६

नेपालमा मंगलबार थप नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको र उपचाररत आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म ९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् ।

डा देवकोटाले संक्रमितको सम्पर्कमा आएका कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको पनि जानकारी दिए । उनका अनुसार काठमाडौँमा १६ जना र काठमाडौँबाहिर ८४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा ९ हजार २२८ जना रहेको उनको भनाइ छ ।

रेड जोनमा आज १७ जना थपिएको र यो कूल १७२ जना रहेको उनले बताए ।

कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड डायागोनिस्टिक टेस्टमार्फत परीक्षण शुरु गरिएको पनि देवकोटालो जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार