logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेना परिक्षण गरिएका ६५ मध्य ४ जनामा ‘पाेजेटिभ’ (अस्पतालकाे विज्ञप्ति सहित)


  • राजनीति
  • मंगलबार, चैत्र २५ २०७६

सेती प्रदेशिक अस्पताल कैलालीमा कोरोना भाइरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको अस्पतालले बताएकाे छ ।अस्पतालले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। अस्पतालका अनुसार हालसम्म उपचाररत बिरामीको संख्या २९ पुगेकाे र प्रयोगशालामा जम्मा ६५ जनाको परीक्षण गरिएको हाे।

अस्पतालका अनुसार हालसम्म ५० जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ। त्यस्तै रिपोर्ट आउन बाँकी ११ जना रहेकाे अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए। उनका अनुसार नेगेटिभ रिपोर्ट आउने सबै निको भएर घर गइसकेका छन्।

पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए । यी देखिएका ४ जना नयाँ संक्रमित भने होइनन्।

हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार