राजनीति
नेपालमा काेराेना संक्रमित काे संख्या १४ पुगेको छ।
कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।
नगरपालिकाका प्रमुख महादेव बजगाइँका अनुसार शुरुमा –यापिड टेस्ट गर्दा सो महिलामा कोरोना नेगेटिभ देखिएको थियो । तर, पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतले पनि पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ।
उनलाई अहिले आइसोलेसनमा राख्नका लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । योसँगै कैलाली जिल्लाका चार जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।