logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौमा कोरोना अर्थमन्त्री डा. खतिवडा पनि जोखिममा


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

काठमाण्डौको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना सं,क्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भ,र्ना गरिएको छ ।

उनीहरुलाई पाटन अस्पतालमा भ,र्ना गरिएको छ । उनीहरुमध्ये २ जना १८ दिनअघि बेलायतबाट आएको खुलेको छ । अहिले उनीहरु बस्दै आएको अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ । तीनजनालाई कोरोना पो,जेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च स,तर्कता अप्‍नाएको छ।

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन् । आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो । अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि बेलायतबाट आएकामध्ये दुई जनाको रयापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो ।

सोसाइटिको सचिवमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएको सोसाइटिका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न झाले सुझाब दिएका छन् ।

सरकारले २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने सरकारले ५ गते घोषणा गरेको थियो । तर चुनाव भने ८ गते भएको थियो । सरकारले भि,डभाड नगर्न भने पनि अर्थमन्त्री खतिवडाकै शक्तिमा चुनाव गराइएको पूर्व अध्यक्ष झाले दावी गरेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्रीका छोरा तिलकलाई सचिव बनाउनकै लागि ह,तारमा चुनाव गरिएको हो । अध्यक्षमा तिलक बस्नेत निर्वाचित भएका छन् ।

रिपोर्टस नेपाल बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार