logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

र्‍यापिड टेस्टमा धमाधम कोरोना, सप्तरीमा पनि भेटिए २ जना


  • राजनीति
  • बुधबार, बैशाख ३ २०७७

र्‍यापिड टेस्ट गर्दा सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् ।

भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् ।

आठ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको हो ।

पीसीआर विधिबाट टेस्टका भोलि स्वाव धरान पठाइने छ । झाले बताए । आजै काभ्रेमा २ र धादिङमा १ जनामा गरि ३ जनाको र्यापिड टेस्ट गर्दा पोजेटिभ पाइएको थियो ।

सम्भवत भोलि साँझसम्म पाँचै जनाको पिसिआर परिक्षणको नतिजा आउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार