logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चितवनका एक युवामा काेराेना पाेजेटिभ


  • राजनीति
  • बुधबार, बैशाख ३ २०७७

चितवनमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा आज (बुधबार) गरिएको र्‍यापिड टेस्ट परीक्षणमा एक जनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिए ।

उनले र्‍यापिड टेस्टमा पोजिटिभ देखिए लगत्तै ती पुरुषलाई अस्पतालकै आइसोलेसनमा राखिएको जानकारी दिए । उनका अनुसार ती पुरुष फागुन ३० गते कोरियाबाट आएको हुन् । उनमा कुनै लक्षण देखिएको छैन । थप परीक्षणका लागि ती युवाको थ्रोट स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको खड्कालेे जानकारी दिएका छन् ।

खड्का अनुसार आज ३९ जनाको र्‍यापिड टेष्ट गरिएको छ भने ३ जनाको स्वाब संकलन गरिएको छ । यस्तै हिजो मंगलबार १८ जनाको र्‍यापिड टेस्ट र ४ जनाको स्वाब मार्फत कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार