logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँमा एचआ’इभी सङ्क्र’मितलाई घरघरमै औषधि


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

दमौली – बन्दाबन्दीका कारण औषधि लिन जान समस्यामा परेका तनहुँका ए’चआ’इभी सङ्क्र’मितलाई तनहुँ सहयोगी समूहले घरघरमै औषधि वितरण शुरु गरेको छ । ए’चआ’इभी स’ङ्क्र’मितको अधिकारका लागि काम गर्ने उक्त संस्थाले बन्दाबन्दीका कारण प्रभावित उनीहरुलाई घरमै पुगेर एन्टिरेट्रोभाइरल (एआरभी) औषधि वितरण शुरु गरेको हो ।

दैनिकरूपमा नियमित सेवन गर्नुपर्ने उक्त औषधि सकिएका स’ङ्क्र’मितलाई सहज होस् भनेर स’ङ्क्रमि’तको घरमै पुगेर औषधि वितरण भइरहेको संस्थाका अध्यक्ष श्रीराम कँडेलले जानकारी दिनुभयो । “बन्दाबन्दीले सवारीसाधन नचल्दा ए’चआ’इभी सङ्क्र’मितलाई समस्या भइरहेको बेला नियमितरूपमा सेवन गर्नुपर्ने औषधि घरमै पु¥याउने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

एच’आ’इभी सङ्क्र’मितलाई औषधि पु¥याउनका लागि संस्थाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको छ । कतिपय ठाउँमा भने स्वास्थ्य कार्यालयले स्वास्थ्यचौकीसम्म पु¥याइदिने र त्यहाँबाट ए’चआ’इभी स’ङ्क्रमितले औषधि लिने गरेका छन् । जिल्लामा कूल ३१३ ए’चआ’इभी सङ्क्र’मित रहेको संस्थाले जनाएको छ । बन्दाबन्दी अगाडि २०० जनाले दुई महिनाका लागि पुग्ने औषधि संस्थाबाट लिएर गइसकेका र बाँकी रहेकालाई भने घरमै पुगेर औषधि वितरण गरिने सस्थाका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।

उक्त औषधि नेपाल सरकारबाट निःशुल्करूपमा उपलब्ध हुन्छ । बाहिर उक्त औषधि खरिद गर्न नपाइने भएकाले संस्थाले नै जिल्लामा यो औषधि स’ङ्क्र’मितलाई वितरण गर्ने गरेको छ । ए’चआ’इभी सङ्क्र’मितले भाइरसको प्रभाव कम गर्न दैनिकरूपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर सङ्क्र’मितको स्वास्थ्यमा असर पर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार