logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेना जित्दै २७ दिनपछि टेकुबाट डिस्चार्ज भइन श्रेष्ठ


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ शनिबार घर फर्किएकी छिन्।

फ्रान्सबाट आएकी १९ वर्षीया श्रेष्ठ शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

उनी फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी गत चैत ४ गते नेपाल आएकी थिइन्। नेपाल आएपछि गरीएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

त्यसपछि उनलाई चैत ९ गते अस्पताल भर्ना गरिएको थियो।

अस्पतालबाट उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार