logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बिराटनगरमा भेटिए १ संक्रमित संख्या ३१ पुग्याे


  • राजनीति
  • शनिबार, बैशाख ६ २०७७

नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनी विराटनगरको भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार