logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेता बम अस्पताल भर्ना, उपचारमा राज्यकाे बेवास्ता


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाेलिट्व्युराे सदस्य भरत बम रणविरकाे हिजाेदेखि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

मुटुकाे बिरामी नेता बम केही दिन अगाडिबाट बर्दिया कारागारमा बिरामी भएपनि कारागार पक्ष र सम्बन्धि निकायले ध्यान नदिएपछि अवस्था जटिल बनेपछि आजै उनलाई थप उपचारको लागि भेरि अञ्चल अस्पतालमा भर्ना गरि उपचार प्रक्रिया अगाडि बढाइएकाे पत्रकार जन्मदेव जैसीले जानकारी दिएका छन् ।

नेता बमकाे उपचारमा खासै ध्यान नदिँदा कालिकास्थानस्थित केन्द्रीय कारागार व्यवस्थापन विभागका सुचना अधिकारी देवर्षि देवकाेटा ज्युकाे पहलमा अहिले आधा घण्टाअघि नेपालगञ्जस्थित भेरि हस्पिटलमा उपचारका लागि लगिएकाे थियाे ।

मुटुजस्ताे गम्भिर समस्याबाट पीडित विरामीकाे उपचारका लागि २४ घण्टा वितिसक्दा पनि समयमै अस्पताल नलिनु गम्भीर आपत्तिजनक विषय भन्दै सामाजिक सञ्जालमा बिराेध भएकाे छ । राज्यले हरेक नागरिककाे बाच्च पाउने अधिकार बाट कसैलाई बिमुख गर्न नसक्नै भन्दै मानवियताकाे आधारमा पनि नेता बमकाे स्वास्थ्य उपचार गर्न माग गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार