logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोनाबाट पोखराका गुरुङको लण्डनमा निधन


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०७७

कोरोना भाइरस संक्रमणबाट लण्डनमा एक नेपालीको मृ’त्यु भएको छ । पुर्ख्यौली घर लमजुङ पोखराथोक भई हाल लण्डनको पेरिभेलमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको बुधबार बिहान लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।

पारिवारिक स्राेतलाई उल्लेख गर्दै तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले दिएको जानकारीअनुसार उनलाई एक गत म‌ंगलबारदेखि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा बुधबार बिहान करिब ३ बजे अस्पतालबाट उनकाे नि’धन भएकाे जानकारी परिवारलाई दिइएको थियो ।

गुरुङको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाबाट जाति भई उनी काममा फर्किएका थिए ।

उनी १४ वर्षअघि हङकङबाट युके आएका थिए । उनको श्रीमती र एक छोरा छन् ।

उनको हाल नेपालमा बसोबास पोखरा मिलन टोलमा थियो । ससुराली तनहुँ मेवाबारी भएका कारण उनी तनहुँ तमु समाज पोखराका सदस्य पनि रहेका थिए ।-वी नेपालीबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार