logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निकै आसा गरिकाे काेराेना बिरुद्धकाे अमेरिकी औषधी असफल


  • एजेन्सी
  • शुक्रबार, बैशाख १२ २०७७

कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी ‘एन्टी भाइरल’ औषधी फेल भएको खबर छ । यो पहिलो ट्रायलमा फेल भएको बताइएको छ ।

यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर संसारभरी आशा गरिएको थियो । यो एन्टीभाइरसल औषधीको नाम रेमडेसिवियर हो । चिनियाँ ट्रायलमा यो औषधी असफल भएको पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमार्फत् यसको जानकारी पाइएको हो ।

रिपोर्टका अनुसार कूल २ सय ३७ बिरामीमध्ये १५८ लाई रेमडेसिवियर औषधी दिइयो भने बाँकी ७९ लाई प्लेसीबो । एक महिनापछि उक्त औषधी लिएका १३.९ प्रतिशत बिरामीको मृत्यु भयो जबकी यसको तुलनामा प्लेसीबो लिएका १२.८ प्रतिशत बिरामीको मृत्यु भयो ।

रिपोर्टका अनुसार रेमडेसिवियर औषधी दिएका बिरामीको रगतमा भाइरस कम भएनन् । यो फेल भएको रिपोर्ट विश्व स्वास्थ्य संगठनले विस्तारपूर्वक प्रकाशित गरेको थियो यद्यपि, पछि डब्ल्यूएचओले उक्त ड्राफ्ट गल्तीपूर्वक अपलोड भएको बताउँदै रिपोर्ट हटाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार