logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप तीनजनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ५७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो।

उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो। बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए। उनका अनुसार ५०, ४६ र ३१ वर्षका तीन जना पुरुषमा देखिएको हो।

मंगलबार पनि रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमित दुवैजना रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिकाका हुन्। संक्रमित वृन्दावन नगरपालिका-९ भुषाहटोलका २५ वर्षीय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार