logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाकाे आशंकामा आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु


  • राजनीति
  • बिहिबार, बैशाख १८ २०७७

जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएका एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका घर भएका ५१ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

उनलाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाइरसको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ छ । पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार