logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालगन्जमा ६० बर्षिय पुरुषमा काेराेना पुष्टि


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०७७

शुक्रबार नेपालगञ्जका एक पुरुषमा कोरोना पोजिटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा नेपालगञ्जका ११ जनाको स्वाबको नमुना परीक्षण गर्दा एकजनाको रिपोर्ट पोजिटिभ आएको हो।

नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले आफ्नो ट्वीट मार्फत नेपालगन्जमा कोरोना भित्रिएको बताएकी हुन्। ‘कोरोना भाइरसले नेपालगञ्ज पनि चोखो रहेन’, उपमेयर थापामगरले ट्वीटमा लेखेकी छन्।

पोजिटिभ रिपोर्ट आएका व्यक्तिको ट्राभल हिस्टी खोजी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने यसबारेमा आफूले सुनेको उल्लेख गर्दै आधिकारिकताको लागि खोजी भइरहेको बताए। एकजनाको रिपोर्ट पोजिटिभ देखिएपछि नेपालगञ्जमा नाका सिल गर्ने र चेकजाँचलाई फराकिलो बनाउने विषयमा छलफल भइरहेको छ।

नेपालगञ्जमा एकजना थपिएसँगै नेपालमा संक्रमितको संख्या ५८ पुगेको छ। १६ जना भने निको भएर घर फर्किएका छन्। अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार