logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप २ जनमा काेराेना पुष्टि संख्या ५९ पुग्याे


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०७७

शुक्रबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको हो ।

रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिकारीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५८ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार