logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालगन्जमा एकैदिन २४ जनामा काेराेना पुष्टि


  • राजनीति
  • आइतबार, बैशाख २१ २०७७

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। आइतबार एकैदिन २५ जना थपिएर ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा २४ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतबार मात्र नेपालगञ्जमा सुरुमा ९ जना पछि ६ जना र पछिल्लो पटक ९ जना गरी २४ जनामा कोरोना देखिएको हो। शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो।

शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार