logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघ्यो


  • बिबिसी
  • आइतबार, बैशाख २८ २०७७

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्या’न गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ ।

महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्या’न गुमा’एका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् ।

विज्ञहरुले संक्रमितको संख्या अझ बढी हुन सक्ने चे’तावनी दिएका छन् किनभने कतिपय देशहरुमा परीक्षणको दायरा निकै कम कम रहेको छ ।

स्पेनलगातय केही देशहरुमा दैनिक मृत्यु दर कम हुँदै गइरहेको छ तर लकडाउन खुकुलो बनाउँदा महामारीको दोस्रो लहर आउन सक्ने ख’तरा अझै बाँकी रहेको छ ।

कुनै बेला युरोपको हटस्पट बनेको इटालीले यो हप्तादेखि लकडाउनलाई केही खुकुलो बनाएको छ । उता, फ्रान्समा पनि पछिल्लो २४ घण्टामा एक महिना यताकै सबैभन्दा कम मृ’त्यु भएको छ ।

यसको साथै विभिन्न देशका सरकारहरु महामारीका कारण आउने सम्भावित आर्थिक मन्दीसँग जुझ्ने तयारीमा पनि लागेका छन् ।

बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार