logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सप्तरीमा थप १ जनामा संक्रमण,


  • राजनीति
  • सोमबार, बैशाख २९ २०७७

नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२१ पुगेको हो ।

सोमबार प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । ती युवक चितवनबाट सप्तरीस्थित घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा वैशाख २५ गते स्वाब संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
यसअघि सोमबार बिहान कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा सोमबार संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका हुन् ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ ।

त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार