logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौबाट प्युठान आएका ११ जनामा पाेजेटिभ


  • राजनीति
  • मंगलबार, बैशाख ३० २०७७

प्यूठानका ११ जनाको र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ । प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए ।

उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार