logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप १७ जनाका काेराेना पुष्टि, संख्या २०८ पुग्याे


  • राजनीति
  • मंगलबार, बैशाख ३० २०७७

नेपालमा कोरोना भाइरसको संक्रमण डरलाग्दो बन्दै गएको छ । मंगलबार थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यद्यपि औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ । यसअघि मंगलबारै कपिलवस्तु, पर्सा र रुपन्देहीमा ५७ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

नेपालमा कोरोनाले तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुले बताएका छन् । उपचारका खट्टिएका स्वास्थ्यकर्मी र सामाचार संकलनमा खट्टिएका पत्रकारमा पनि कोरोना देखिएको छ ।

कपिलबस्तु, वारा र पर्सामा कोरोना समुदायमा फैलिएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि तेस्रो चरणमा प्रदेश गरेको चिकित्सकहरुले बताउन थालेका छन् । कपिलवस्तुमा आज भेटिएका आठ संक्रमित मध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेकि छिन् ।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया स्टाफ नर्स जिल्ला अस्पतालमा कार्यरत रहेकी थिइन ।स्टाफ नर्सबाट धेरै मानिसमा कोरोना फैलिएको आशंका गरिएको छ । उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी गरिएको छ ।

उता पर्सामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेका छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार