logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

अमेरिकि विज्ञकाे यस्तो चेतावनी


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म १ लाख ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ ।

आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको सत्रंmमणका कारण हुने मृत्युको विषयमा आइएचएमईको यो अनुमान पहिलेको भन्दा १० हजार बढी छ ।

आइएचएमईका अनुसन्धानकर्ताले संक्रमण रोक्नका लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्नु थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकामा हालसम्म कोरोनाभाइरसले ८२ हजार २ सय ४६ को ज्यान लिइसकेको छ ।

आइएचएमईको यो अनुमानले स्पष्ट रुपमा बताउँछ कि अमेरिकामा संकट लगातार गहिरिँदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार