राजनीति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।
नेपालमा अहिलेसम्म २१९ जनामा कोरोना संक्रमण देखिएको छ। ३३ जना निको भएका छन् । सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १८ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।