logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

धुलिखेल अस्पताल सिल, उपचारमा संलग्न १० जना क्वारेन्टाइनमा


  • राजनीति
  • शनिबार, जेष्ठ ३ २०७७

धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल उच्च स्रोतले बताएको छ ।

धुलिखेल अस्पतालको कोभिड-१९ टाक्स फोर्सको तीन बजे स्काईपमा भएको बैठकले उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने र यसअघि नै आकस्मिक कक्षलाई सिल गरेकोमा त्यसलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु, निर्देशक रमेश माकाजु पनि सहभागी थिए । अस्पतालको इमरजेन्सी वार्ड सील भएपछि त्यहाँ ल्याउने बिरामीलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा पठाउन लागिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार