logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौंकाे माछापाेखरीमा १५ जनामा पाेजेटिभ


  • राजनीति
  • सोमबार, जेष्ठ ५ २०७७

काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ ।

बसर्पाक क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा परीक्षणलाई तीब्र पारिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण गरिएको हो ।

परीक्षणपछि १५ जनामा आरडिटी पोजेटिभ आएको कामनपा १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणका लागि पठाइएको उनले बताए । पीसीआर नतिजा आएपछि मात्रै उनीहरुमा कोरोना संक्रमण भए–नभएको आधिकारिक पुष्टि हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार