logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यी हुन बिहानै काेराेना पुष्टि भएका ९ जना


  • राजनीति
  • सोमबार, जेष्ठ ५ २०७७

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार बिहान ८ः४५ बजे अध्यावधिक गरेको विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमा रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार