logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा प्रतिघन्टामा ३ जनामा संक्रमण


  • राजनीति
  • मंगलबार, जेष्ठ ६ २०७७

नेपालमा थप १८ जना कोरोना सं’क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ सं’क्रमित थपिएका हुन्।

धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए।

योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना सं’क्रमण फैलिएको छ।

सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए।

सं’क्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृ’त्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार