logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकैदिन ५० जनामा काेराेना पुष्टि, हेर्नुस् बिवरण


  • राजनीति
  • शुक्रबार, जेष्ठ ९ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको हो। सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको काेसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो। बिहान ३० र दिउँसाे २० गरेर ५० जनामा एकै दिन कोराेना पाेजिटिभ पुष्टि भएको हाे ।

कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो २० जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार बिहान मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा संक्रमित भेटिएका थिए ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

याेसँगै संक्रमितको संख्या ५०७ पुगेको छ भने ७० डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ।अहिलेसम्म नेपालको ४० जिल्लामा कोरोना संक्रमणका विरामी भेटिएका छन् । कपिलवस्तुमा कोरोना पुष्टि भएका ९ मध्ये दुई पत्रकार छन् । सँगै विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ४ स्वास्थ्यकर्मी छन् ।

पीसीआर विधिबाट हालम्म ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय १९ र आरडीटी विधिबाट तीन हजार चार सय २१ परीक्षण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार