राजनीति
बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।
प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५ वर्ष र वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।
उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी उनले बताए ।