logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुर्खेतमा पहिलाे पटक काेराेना, ३ जनामा पुष्टि


  • राजनीति
  • शनिबार, जेष्ठ १० २०७७

कर्णालीमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका दुबै जना बिहीबार भारतबाट कर्णाली भित्रिएका हुन् ।

कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये ३ जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए ।

बिहीबार भारतबाट आएका कर्णालीका १६ सय नागरिक मध्ये बबईमा सात सय ४० जनाको आरडीटी गरिएको थियो । आरडीटीमा १५ जनाको पोजेटिभ देखिएको थियो । ‘आरडीटीमा कोरोना देखिएपछि उहाँहरुको स्वाब संकलन गरेर पिसिआर गरेका थियौं,’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘पीसीआरमा पोजेटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ महाशाखा प्रमुख तिवारीले थप परीक्षणका लागि कोरोना संक्रमण देखिएका दुबै जनाको स्वाब शनिबार विहान नेपालगञ्ज पठाइएको बताए ।

कोरोना संक्रमण देखिएका दुबैको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना संक्रमण देखिएका ३ जना सुर्खेत का स्थानीय रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार