logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना भन्दा खतरनाक रोग : प्रत्येक ४० सेकेन्डमा १ जनाको मृ’त्यु


  • एजेन्सी
  • मंगलबार, जेष्ठ २० २०७७

यतिबेला बिश्व कोरोना भाइरसले आक्रान्त छ । झण्डै चार लाख मानिसको पाँच महिनाबीच मृ’त्यु भइसकेको छ । ६२ लाख मानिस संक्रमित भइसकेका छन् । तर, कोरोना भाइरस मात्र एउटा रोग होइन जुन मानवमाथि चुनौती बनेको छ ।

पहिलोपटक चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै महामारीसँग सं’घर्षरत भइरहेको हो । संक्रमण रोकथामका लागि कतिपय देशहरु लकडाउनको अवस्थामा छन् । भौतिक दुरी कायम गर्न मानिसहरु घरमै बस्न बाध्य भएका छन् ।

कोरोनाको उपचार गरी २८ लाख ५४ हजार जना मानिस सकुसल घर फर्केका छन् । कोरोना लागेको मानिसको मृ’त्युको सम्भावना २ प्रतिशत देखिन्छ । त्यसैले कोरोना महामारी भन्दा अरु रोगहरु झन् खतरनाक छन् । ती रोगहरुबाट प्रत्येक दिन मानिसहरुको मृ’त्यु भइरहेको छ । कोरोनाबाट भन्दा बढी संख्यामा मानिसको मृ’त्यु हुने रोगहरु छन् ।

कोरोना भाइरसले भन्दा बढी संख्यामा प्रत्येक वर्ष मानसिक रोगले मानिस आत्मह’त्या गर्न वाध्य हुन्छ । डब्लुएचओका अनुसार प्रत्येक वर्ष झण्डै ८ लाख मानिस आत्मह’त्या गर्छन् । प्रत्येक ४० सेकेन्डमा एकजना मानिस आत्मह’त्या गर्छ । आत्मह’त्याको कारण मानसिक अवस्था नै हो । कोरोना भाइरसभन्दा डरलाग्दो मानसिक रोग भइरहेको छ । रोचक त यो छ कि मानसिक रोग धनी देशहरुमा बढी पाइएको छ । कोरोना भाइरसबाट सँसारमै सबैभन्दा बढी मानिसको ज्यान गइसकेको न्युयोर्क शहर सँसारकै बढी आत्मह’त्या हुने शहरमा पर्छ ।

प्रत्येक दिन क्यान्सरबाट विश्वभर २६ हजार भन्दा बढी मानिसहरु मरिरहेको तथ्यांक रहेको छ । प्रत्येक वर्ष क्यान्सरबाट ९६ लाख मानिसको ज्यान जाने गर्दछ । हृदयघातबाट प्रत्येक दिन विश्वभर २४ हजार मानिसको ज्यान जाने गर्दछ भने मधुमेह रोगबाट ४ हजारको मृ’त्यु हुने गर्दछ ।

दैनिक रुपमा मानिसले नै मानिसको ह’त्या गर्नेको संख्या १३ सय रहेको छ । सन् २०१९ मा एड्सबाट विश्वभर मृ’त्यु हुनेको संख्या १० लाख रहेको जनाइएको छ ।

विश्वभर लामखेट्टेको टोकाईबाट सर्ने डेङगुबाट करिब १० करोड देखी ४० करोड मानिस संक्रमित हुने गर्दछन् । विश्वभर करिब ३१ लाख बालबालिका तथा मानिसहरु भोकमरीले म’र्ने गरेको तथ्यांक रहेको छ ।

विश्वभर कुन रोग या समस्याबाट कतिको मृ’त्यु

१. आत्मह’त्या, मानसिक रोगको एउटा कारण–प्रत्येक ४० सेकेन्डमा १ जना

२. भोकमरीबाट प्रतिवर्ष ३१ लाख

३. एड्सबाट प्रतिवर्ष १० लाख

४. क्यान्सरबाट प्रतिवर्ष ९४ लाख

५. हृदयघातबाट प्रतिवर्ष ९० लाख

६. मधुमेहबाट प्रतिवर्ष १५ लाख

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार