राजनीति
जिल्लामा थप सात जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको महाँवै गाँउपालिका वडा नं ४ की चार महिना बालकसहित थप सात जनामा कोरोनाको पुष्टि भएको हो ।
जिल्लाबाट स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर जाँच गरिएका मध्ये सात जनामा कोरोना पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा जिल्लाको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने बालक र २८ वर्षीय पुरुष, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीया महिला छन् ।
यसअघि १८ जनामा कोरोना पुष्टि भइसकेको छ । यसअघि पुष्टि हुनेमा शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुष, महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा २ हजार ५ सय ४७ मानिस क्वारेन्टाइनमा राखिएका छन् । हालसम्म १ हजार ४ सय ४३ जनाको मात्र स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका झण्डै चार सय जनाको रिपोर्ट आउनै बाँकी छ । ७ सय ३५ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । परीक्षण गरिएका मध्ये जिल्लाका चार वटा स्थानीय तहमा कोरोना पुष्टि भएपछि गाँउ गाँउमा कोरोनाको त्रास बढेको छ । ग्रामीण स्तरका अव्यवस्थित क्वारेन्टाइनमा राखिएका मानिसमा पनि कोरोना पुष्टि भएपछि धेरै मानिसमा संक्रमण फैलिएको आशंका गरिएको छ ।