logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोनाबाट फेरी एकको मृ’त्यु , कुल संख्या ११ पुग्यो


  • राजनीति
  • शुक्रबार, जेष्ठ २३ २०७७

नेपालमा कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या ११ पुगेको छ । हिजो मृ’त्यु भएका युवकको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

मृ’तक युवक सुर्खेत घर भएका हुन् । उनी ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २१ जेठमा घर गएकामा त्यहीं मृ’त्यु भएको थियो ।

युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको छ । २० वर्षीय उनी पञ्चपुरी नगरपालिका १ हाँसेका हुन् ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृ’त्यु भइसकेको छ । कुल ११ जना मृ’तकमध्ये ९ पुरुष र २ महिला छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार