logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कर्णालीमा एकैदिनमा ९८ जना संक्रमित कुन जिल्लामा कति हेर्नुस


  • राजनीति
  • शनिबार, जेष्ठ २४ २०७७

कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

पुष्टि भएकामध्ये डोल्पाका संक्रमितको भने मृ’त्यु भएको छ। उनको जेठ २१ गते मृत्यु भएकोमा संकलित स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३ पुगेको छ भने संक्रमितको कूल संख्या ५८७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार