logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गण्डकीमा थप २४ जनामा संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो


  • राजनीति
  • मंगलबार, जेष्ठ २७ २०७७

गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

उनीहरु सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहका छन्। संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

यस्तै, म्याग्दी जिल्लाको बेनी नगरपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ।

बाग्लुङमा थप ११ जना संक्रमित थपिएका छन्। जसमा निसीखोला गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका तीनजना पुरुष र बरेङ गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका आठजना पुरुषमा कोरोना संक्रमण डा. शर्माले जानकारी दिए। संक्रमित सबैलाई सम्बन्धित जिल्लाका सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ। प्रदेशमा हालसम्मको कोरोनाको कारण एक जनाको मृ’त्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार