logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जुम्लामा कोरोना जित्ने १८ जना, घर फर्किए


  • राजनीति
  • मंगलबार, जेष्ठ २७ २०७७

जुम्लामा कोरोना संक्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयूमा रहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।

प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायतले खादा र मालाले बिदाई गरेका छन् ।

उनीहरुलाई घर फर्किएपछि पनि अपनाउनुपर्ने सावाधानीका विषयमा प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले जानकारी गराएका थिए ।

घर फर्किनेहरुले उपचारमा सक्रिय चिकित्सक तथा नर्सहरुलाई धन्यवाद प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार