logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन नेपालमा काेराेनाबाट मृत्यु हुने १६ व्याक्ती


  • राजनीति
  • शुक्रबार, जेष्ठ ३० २०७७

file pic file pic

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिको कोरोना पोजिटिभ पुष्टि भएको छ।

परीक्षणका लागि पठाइएको स्वाब भेटिएको थिएन, आज बिहान पठाएको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए।

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएको थियो।

मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको र उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो।

घाटीको शल्यक्रियासमेत गरेका उनलाई स्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो।

यसअघि अर्घाखाँचीमा भूमिकास्थानका एक युवाको भारतबाट आउँदै गर्दा मृत्यु भएको थियो। उनी कोरोना संक्रमितबाट मृत्यु भएको रिपोर्ट आएको थियो। योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

योसँगै कोरोनाकै कारणा नेपालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । उनको मृत्युको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने गरेको छैन । नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ भने आठ सय ६१ जनाले कोरोना जितेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार