logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट गुल्मीका युवाकाे मृत्युु संख्या १९ पुग्याे


  • राजनीति
  • आइतबार, जेष्ठ ३२ २०७७

गुल्मीका ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचापरिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको पुष्टि गरे ।

गत जेठ १२ गते प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसयता रेसुंगाको आइसोलेशनमा उपचाररत उनको जेठ ३१ गते राति मृत्यु भएको गौतमले जानकारी दिए । क्यान्सर रोगबाट पीडित उनी भारतबाट आएका थिए ।

सोसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार