राजनीति
विश्वभर महामारी बनेको कोरोनाको कारण ज्यान गुमाउनेको संख्या नेपालमा ४० पुगेको छ । गए राती नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृ’त्यु भएको हो।
सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृ’त्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए। असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनकाे शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
सापकोटाका अनुसार,’ अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ। अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको छ।‘
यो पछिल्लो निधान सँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४० पुगेकाे छ।