logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यि हुन, संक्रमित शुन्य भएका ग्रीन जोनमा पर्ने ७ जिल्ला


  • राजनीति
  • आइतबार, साउन ४ २०७७

केही समयअघि सम्म देशको सबै जिल्लामा पुगेको कोरोना भाइरस ( कोभिड १९) देखिएकोमा हाल भने केही जिल्ला भने भाइरस मुक्त हुँदै गएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशका ७ वटा जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भइसकेका छन्।

मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्लामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन्। ती जिल्लामा एक पटक कोरोना सङ्क्रमित देखिए पनि सबैजना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

यस्तै, केही समय अगाडी कोरोनाको इपिसेन्टर मानिएको रौतहट र कैलाली, बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार