logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा खतराको संकेत, मणिपालका डाक्टरलाइ कोरोना


  • राजनीति
  • सोमबार, साउन १२ २०७७

विश्वभर महामारी बनेको कोरोनाले नेपाल पनि प्रताडित छ । संक्रमितहरु दिनदिनै बढिरहेकाछन । यसैबिचमा गण्डकी प्रदेशमा थप दुईजनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्‍टि हुने दुवैजना कास्कीका रहेको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

संक्रमित पुरुष मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक भएको बताइएको छ । सामान्य ज्वरो आएका उनको आइतबार स्वाब लिइ परीक्षण गर्दा कोरोना भेटिएको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा एमडी प्रथम वर्ष पढ्दै गरेका उनी मेडिकल वार्डमा कार्यरत रहेको जनाइएको छ ।

उनी सोमबार विहानसम्म पनि मणिपालमा बिरामी जाँच्‍ने कार्यमा खटिइरहेका थिए । उनमा कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएकालाई निगरानीमा राख्ने लगायतका अन्य थप सतर्कता अपनाइएको छ ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३७७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार