logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना संक्रमित १ करोड ८९ लाख क्रस , ७ लाख बढीको मृ’त्यु


  • राजनीति
  • बिहिबार, साउन २२ २०७७

विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ

यस्तै,विहिबार विहानसम्म सात लाख ११ हजार एक सय आठ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भइसकेको छ भने एक करोड २१ लाख ६० हजार ६ सय ६५ जना कोरोना मुक्त भइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ६१ हजार ६ सय एक जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९७ हजार चार सय १८, भारतमा ४० हजार सात सय ३९ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

आजसम्म मेक्सिकोमा ४९ हजार आठ सय ९८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै आठ सय २९ जनाले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार